प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित

everest kitchen
photo file

ऐजेन्सी । बेलायतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको डाउनिङले स्ट्रिटले मङ्गलबार जानकारी गराएको छ ।

प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएअनुसार जोनसनले मङ्गलबार बिहान भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्वयोजना अनुसार भारत आउन नसकेको भन्दै दुःख प्रकट गरेको थियो ।

बेलायतमा भाइरसको फैलावट बढ्दै गइरहेकोले स्वास्थ्य सङ्कटका वेला आफू विदेश भ्रमण निस्कनु उचित नभएको भन्दै तत्कालका लागि भ्रमण स्थगित गरिएको जानकारी गराउनुभएको बताइएको छ ।

जोनसनले यसै वर्ष बेलायतमा आयोजनामा हुने अति विकशित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनमा भारतलाई अतिथि मुलुकका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम रहेको थियो । भारतबाहेक उक्त सम्मेलनमा दक्षिण कोरिया र अष्ट्रेलियालाई पनि अतिथिका रूपमा निमन्त्रणा गरिन पूर्वकार्यक्रम रहेको थियो ।