प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताएका थिए सुवास नेम्वाङले

everest kitchen
photo file

काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका निकट राजनीतिक सहयोगी हुन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको निर्णय लिए पनि नेम्वाङले ‘त्यो गलत भएको’ वा सहि थियो भनेर सार्वजनिक टिप्पणी गरेका छैनन्।

उनी आफैंले विभिन्न भिडियोमा बोलेको र विभिन्न सञ्चारमा छापिएका लेखहरुमा उनी आफ‌ैले संसद विघटन गर्न मिल्ने व्यवस्था नभएको उल्लेख गर्ने गर्दै आएका थिए ।

नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको विषय गत २०७६ साल साउन ४ गते काभ्रेको धुलिखेलमा युएनडिपी र संसद सचिवालयले आयोजना गरेको अन्तरसंवादमा पत्रकारलाई प्रशिक्षण दिदै प्रधानमन्त्रीले ‘संसद विघटन गर्न सक्तैन’ भनेका थिए।
नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने बताएका थिए।

हेर्नुहोस् भिडिओ –