लेखेर राख्नुहोस चुनाव हुदैन, संयुक्त संघर्ष गर्न तपाईंहरु स्पष्ट हुनुस् : नेता भट्टराई

everest kitchen
photo file

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । नेकपाले आयोजना गरेको राजनीतिक दलहरुसँगको अन्तर्क्रियामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

सम्बोधनको क्रममा संयुक्त संघर्ष गर्न नेकपाका नेताहरुमै आशंका रहेकाले हुन नसकेको पनि बताए । उनले भने, ‘चुनाव भए पो चुनाव लड्नुहुन्छ । लेखेर राख्नुस् चुनाव हुँदैन । नेपाली कांग्रेसका साथीहरु भ्रममा नपर्नुस् । हाम्रो पार्टी भ्रममा छैन ।’

साथै उनले ओली क्यान्सर भएको टिप्पणी समेत गरेका छन् । उनले भने, ‘केपी ओली त क्यान्सर हुन् । त्यो क्यान्सर पालेर राख्नुभयो भने तपाईंहरुलाई त खान्छ खान्छ । हामीहरुलाई पनि खाने खतरा रहन्छ । संयुक्त संघर्ष गर्न तपाईंहरु स्पष्ट हुनुस् ।’