मलेसियामा नयाँ संक्रमित बढ्दो क्रममा, आज मात्र २५९३ जना थपिए

everest kitchen

 

ऐजेन्सी । मलेसियामा नया बिरामि अझै पनि झन्झन् धेरै थपिदै गरेको तथ्यांकले देखाएको छ । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५१३ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २५९३ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख २५ हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ११२९ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख ५७८ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल २४ हजार ३४७ जनामा सक्रिय संक्रमण रहेको छ ।