महिला सशक्तीकरण सम्बन्धि भर्चुअल विश्व सम्मेलन हुने

everest kitchen

काठमाडौं । महिला सशक्तिकरणमा वेब-आधारित विश्व सम्मेलन हुने भएको छ । आगामी १७ जनवरी २०२१ मा अन्तर्राष्ट्रिय नेपाली समाजको अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिले महिला सशक्तिकरण सम्बन्धी एक वेब-आधारित विश्व सम्मेलनको आयोजना गर्ने भएका हुन ।

विभिन्न देशका महिला अधिकार कर्मी तथा महिला सशक्तीकरण अभियान्ताहरुको सहभागीलामा महिला सशक्तीकरण गत अक्टोबर ४ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली सेवा समाज लगायतको प्रत्येक्ष सहभागीतामा कार्यक्रम हुने बताएको छ । कार्यक्रममा देश तथा बिदेशमा छरिएर रहेका नेपालीहरुको अनुभव, सीप, ज्ञान र दक्षतालाई एकीकृत गरी नेपाल र नेपालीको सर्वोपरि हितमा काम गर्दै नेपालको विभिन्न क्षेत्रको अध्ययन, अनुसन्धन र चिन्तन गरि नेपाली भाषा, साहित्य, रितिरीवाज संरक्षण, प्रबर्द्धन तथा नेपाली स्रोत, साधन, सम्पदा, पर्यटन साथै कृषिजन्य उत्पादनको प्रबर्द्धन बारे छलफल तथा कार्यक्रम तय गरिने बताएको छ ।

त्यस्तै कार्यक्रममा मानवशास्त्री तथा वरिष्ठ पत्रकार डा बार्बरा निम्री अजीज, गृह विज्ञान र महिला अध्ययन विज्ञ प्रा.डा. मीरा मिश्र, वरिष्ठ समाजशास्त्री प्रा.डा.विन्दु पोखरेल, महिला अधिकारकर्मी तथा वरिष्ठ पत्रकार नम्रता शर्मा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी चिन्तक, प्रमुख परामर्श दाता, बेइजिङ (बीबीसी) समितिकी अध्यक्ष तथा महिला सहयोग माइक्रो फाइनान्स लिमिटेडकी निर्देशक शान्ता लक्ष्मी श्रेष्ठ बोल्ने बताएको छ ।

त्यस्तै, कार्यक्रममा महिला अभियन्ता तथा साहित्यकार डा.जानुका पौडेल, महिला विद्वत्ता तथा मोक्ष विज्ञ डा. सुसन्ने क्रिमर, शारीरिक कला, सजावट विशेषज्ञ तथा महिला इतिहासकार डा लरिसा डोमिन को पनि सहभागीता रहनेछ ।