आज थप ४१२ जनामा कोभिड पुष्टि

everest kitchen

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१३२ परीक्षणमा २३० जना पुरुष र १८२ जना महिला गरी ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । यीमध्ये हालसम्म २ लाख ५६ हजार ६४४ जना संक्रमणमुक्त भएका छन् । हाल ५०५८ जना सक्रिय संक्रमित रहेका छन् भने १९०३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४८३ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मत्यु भएको छ ।