चारमन्त्रीसहित प्रधानमन्त्री ओली धनगढीमा

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

जनसभाको तयारीका लागि मन्त्रीहरु लेखराज भट्ट, प्रेम आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरीसहित अन्य नेताहरु पनि केही दिनदेखि धनगढीमै केन्द्रित भएका छन् ।

जनसभाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा व्यवस्था पनि चुस्त रहेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए ।