विवेकशील पार्टीको सरकार विरुद्ध ऐना देखाएर प्रदर्शन

everest kitchen

काठमाडौं । विवेकशील पार्टी नेपालले संसद बिघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । शुक्रबार काठमाडौंको माइतिघरमा विवेकशील पार्टीले ऐना देखाएर प्रदर्शन गरेको हो ।

सरकार विरुद्ध सिर्जनात्मक विरोध प्रदर्शन गर्दै आएको सो पार्टीले नेताहरु रिसराग भरिपूर्व व्यहार र पार्टीको गुट भित्रको निष्कृष्ट व्यहारका कारण मुलुकलाई अप्ठेरोमा पार्न नहुने भन्दै नेताहरुले एक पटक आ–आफ्नो अनुहार ऐनामा हेरुन भन्ने उदेश्यले ऐनासहित प्रदर्शन गरिएको बताएको छ ।

प्रदर्शनका सहभागीहरुले असंवैधानिक संसद विघटन खारेज गर लेखिएको ब्यानर बोकेका थिए । साथै उनीहरुले ‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्री ज्यू’ लेखिएको प्रतिकात्कम घडी पनि प्रदर्शन गरेका थिए ।