टोकियो लगायतमा संकटकाल घोषणा भएपछि नेपाली राजदुतावास जापानको अनुरोध

everest kitchen

काठमाडौं । जापानमा टोकियो लगायतका क्षेत्रमा संकटकाल घोषणा भएपछि नेपाली राजदुतावास जापानले संकटकालीन समयमा लागू हुने सम्पूर्ण नियम कानूनहरू एवं सरकारले गरेका अनुरोधहरूको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

दुतावासले शुक्रबार एक सुचना जारी गर्दै” व्यक्ति स्वयं अनिवार्य रुपमा राजदूतावासमा उपस्थित हुनुपर्ने सेवा बाहेक पासपोर्ट नविकरण , बच्चाको नयाँ पासपोर्ट , ट्राभल डकुमेन्ट , ड्राइभिङ लाइसेन्स , अविवाहित प्रमाणपत्र , नाता सम्बन्ध प्रमाणपत्र , जन्म दर्ता प्रमाण पत्र , शैक्षिक प्रमाणपत्र प्रमाणीकरण लगायत का लागि सेवाग्राही राजदूतावासमा नआई आवश्यक कागजातहरु हुलाक मार्फत मात्र पठाउनुहुन अनुरोध गरेको छ ।

तीब्र रुपमा बढ्दै गइरहेको कोभिड -१ ९ को संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले जापान सरकारले जनवरी ८ बाट लागू हुने गरी टोकियो , कानागावा , साइतमा र चिवा प्रिफेक्चरहरूमा एक महिने संकटकाल घोषणा गरेको छ ।