शुक्रबार ५८५ जना संक्रमण मुक्त हुदा ५२२ जनामा कोरोना पुष्टि

everest kitchen

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ५५४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ६४ हजार २५९ पुगेको छ ।

नेपालमा गएको २४ घण्टमा ५८५ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २ लाख ५७ हजार २२९ जना पुगेका छन । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ५ हजार २९ जना रहेका छन ।

हालसम्म नेपालमा १ हजार ९०९ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ६ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।