संसद विघटन विरुद्ध देशभरि काङ्ग्रेसको विरोध प्रदर्शन

everest kitchen

काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।

विरोध प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध नारा जुलुस गरिएको छ । प्रदर्शन पछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा आयोजित सभामा सभापति शेरबहादुर देउवा आफैं सहभागी भएका छन् भने देशका विभिन्न स्थानमा छुट्टाछुट्टै नेताहरूले प्रदर्शन नेतृत्व गरिरहेको बताएको छ ।