संसद विघटन विरुद्ध डाक्टर केसीसहितका नागरिक समाजका अगुवाहरु सडकमा

everest kitchen

काठमाडौं । सरकारविरूद्ध नागरिक प्रदर्शन गरिएको छ।
वर्तमान सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न, प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शन भएको हो।

शनिबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, न्यायिक सुशासन कायम गर, संविधानवादको रक्षा गर, नागरिक अघि बढ्दै छ, लुटतन्त्र ढल्दैछ लगायत नारासहित प्लेकार्डसहित प्रदर्शन गरिएको थियोे ।

त्यस्तै, संसद विघटनको विरोधमा नेपाली कांग्रेसले पनि देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।