गत २४ घण्टामा ३ सय ६२ जनामा संक्रमण

everest kitchen

 

काठमान्डाैँ। गएको २४ घण्टामा ३ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना पुष्टि भएको हो।

यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।

त्यस्तै,आजमात्रै थप ६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय १२ पुगेको छ।