मलेसियामा एकैदिन थप २४५१ नयाँ संक्रमित, ५ जनाकाे निधन

everest kitchen

ऐजेन्सी । मलेसियामा नया बिरामि अझै पनि झन्झन् धेरै थपिदै गरेको तथ्यांकले देखाएको छ । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५४२ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २४५१ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख ३३ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १४०१ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख ६ हजार ८३२ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल २४ हजार ३४७ जनामा सक्रिय संक्रमण रहेको छ ।

केही दिन देखि मलेसियामा २ हजार माथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि सोही अनुसार रहेको तथ्यांकले देखाउछ ।