आइतबार सुनको मुल्य घट्यो

everest kitchen

 

काठमाडौं । आइतबार सुनको मूल्य एकैदिन २३ सयले घटेको छ। शुक्रबार ९५ हजार ३ सयमा कारोबार भएको सुन आज घटेर ९३ हजारमा कायम भएको हो।

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ७० रुपैयाँमा कारोबार भइरहको छ।