तीनजना उपस्थिति भएर मलाई पार्टी अध्यक्षबाट हटाएको निर्णय गरे : प्रधानमन्त्री ओली

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-मावध समुह बैठकबाट भागेको बताएका छन् । आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै पार्टी बैठकमा नआएर आफुलाई पार्टीबाट निस्कासन गरेको निर्णय सार्वजनिक गरेको बताए ।

कार्की वेङक्वीटबाट तीन जना मान्छे उपस्थित भएर मलाई निस्कासन गरे । पार्टीको प्रथम अध्यक्ष र महासचिव विना अन्तकतैबाट पार्टीबाट निस्कासन गरियौँ भनेर हुन्छ ?उनले भने, ” दुईचार जना वरपर मान्छे देखे अनि हामीसंग बहुमत छ भने । बहुमत केलाई भनिन्छ ? पाँच जनाको कमिटी छ भने तीन जनाले निर्णय गर्नेलाई बहुत भन्छ, उनले भने ।

प्रचण्ड-माधव समुहले यसअघि प्रधानमन्त्री ओलीलाई बहुमत सदस्यको निर्णयले पार्टी अध्यक्षबाट हटाएको थियो । करिब ७२ प्रतिशत केन्द्रीय कमिटी सदस्यको हस्ताक्षरसहित उनलाई पार्टीबाट निस्कासन गरेको उक्त समुहले निर्वाचन आयोगमा जानकारी दिएको थियो ।