आइतबार थप २ सय ५९ जनामा कोरोना संक्रमण, थप ५ जनाको निधन

everest kitchen

 

काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।

हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ। पछिल्लो २४ घण्टामा ५ सय १३ जना निको भएसंगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ।

यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय १७ पुगेको छ।