केही समय अघि ५१ जना मात्रै सक्रिय संक्रमित रहेको मलेसियामा हाल २७ हजार बढी

everest kitchen

ऐजेन्सी । केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल २७ हजार ३३२ जनामा सक्रिय संक्रमण रहेको छ । यो हालसम्मकै उच्च सङ्ख्या हो ।

आज मलेसियामा काेराेनाकाे कारण ९ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५४१ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २४३३ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख ३५ हजार ९९२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १२७७ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख ८ हजार १०९ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।