सरकारले सिनेमा हल सञ्चालन गर्न दिने

everest kitchen
photo file

काठमाडौं । सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका सिनेमा भवनहरु खोल्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सुरक्षा मापदण्ड अपनाएर चलचित्र भवनहरु संचालन गर्न दिने निर्णय गरेको हो ।

सरकारले कोरोना महामारीका कारण गतबर्षको चैत्र ११ गतेबाट देशभरका सिनेमा भवनहरु बन्द गर्ने निर्णय गरेको थियो । त्यसयता अन्य क्षेत्र खुला गएपनि चलचित्र घरहरू खोल्ने बारे भने सरकारले केी निर्णय गरेको थिएन यधपी चलचित्रकर्मीहरुले बारम्बार सरकारसँग सिनेमा भवन खोल्ने अनुमती दिनका लागि अनुरोध गरेका थिए ।

चैतदेखि सिनेमा घर सञ्चालनमा आएको अवस्थामा चलचित्र रिलिजका लागि निर्माताहरु पनि अगाडि आउने अपेक्षा गरिएको छ ।