छथर क्षेत्रमा बसोबास गर्दै आएका तुम्खेवाहरू संगठित

everest kitchen

तेह्रथुम । तेह्रथुम र धनकुटा जिल्लाको छथर क्षेत्रमा बसोबास गर्दै आएका तुम्खेवाहरू संगठित भएका छन् । छ खेवामध्येका एक तुम्खेवा हो ।

छथर स्थानको नाम रहनु पनि छ खेवाकै कारण हो ।
पुस २५ गते छथर तेह्रथुमको ताक्लुङयक अवस्थित धुल्पुजेडाँडामा भेला भएका तुम्खेवाहरूले देवचन्द्र तुम्खेवाको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेका छन् ।

भेलाले कार्य समिति सचिवमा सीताराम तुम्खेवा, कोषाध्यक्ष सुकमती तुम्खेवा छन् भने सदस्यहरूमा नन्द्रप्रसाद लिम्बू, महेन्द्र लिम्बू, गजेन्द्रबहादुर तुम्खेवा, दीपेन तुम्खेवा, मनिता तुम्खेवा र कविता तुम्खेवालाई चयन गरेको छ ।
भेलामा काठमाडौं, सुनसरी, मोरङ, झापा र भारतका तुम्खेवाहरूको उपस्थिति थियो ।
ताक्लुङ यक(गढी)लाई शिरोपर गरी विश्वमा रहेका तुम्खेवालाई संगठित गराउँदै भाषा कला साहित्य, संस्कार संस्कृतिको संरक्षण तथा सामाजिक विकासमा काम गर्ने नवगठित समितिका अध्यक्ष देवचन्द्र तुम्खेवाले जानकारी दिए ।

तुम्खेवा लिम्बुहरूको वंशावली निर्माणका लागि अभियान सुरु गर्ने, विभिन्न मुलुकमा छरिएर रहेका तुम्खेवाहरूलाई संगठित गराउँदै जाने, तुम्खेवा समुदायमा सामाजिक विकास गर्ने, जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने, केन्द्रीय भवन निर्माण गर्नेलगायतका योजनाहरू अगाडि सारेको पनि अध्यक्ष देवचन्द्र तुम्खेवाले बताए । भेलालाई कार्यक्रममा प्रेमभक्त तुम्खेवा, पृथ्वीमान तुम्खेवा, सिताराम तुम्खेवा, नन्द तुम्खेवा, भविन्द्र तुम्खेवा, प्रतीक तुम्खेवा, राम प्रसाद तुम्खेवा लगायतका बुद्धिजीवीहरूले सम्बोधन गरेका थिए भने गुणाराज तुम्खेवा र खमान तुम्खेवाले व्यावस्थापन गरेका थिए ।

डगेन्द्र तुम्खेवाले संचालन गरेको उक्त कार्यक्रम
तुम्खेवाका वयोवृद्ध प्रेमभक्त तुम्खेवाको अध्यक्षतामा सम्पन्न भएको थियो । वयोवृद्ध प्रेमभक्तका अनुसार खेवाभित्र तुम्खेवा, तिगेला, मादेन खेवा, चोङ्बाङ खेवा, आङ्खेवा, माङ्यक छन् ।