हालसम्म २ लाख ६५ हजारबढी संक्रमित हुदा २ लाख ५८ हजारबढी निको भए

everest kitchen

 

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८८ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ। पछिल्लो २४ घण्टामा ५ सय २७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप १० जनाको भएसंगै मृत्यु हुनेको संख्या १ हजार ९ सय २७ पुगेको छ।