संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउ : नेता जनार्दन शर्मा

everest kitchen

सुर्खेत । नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउन नयाँ प्रस्ताव गरेका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै नेता शर्माले संयुक्त मोर्चालाई कम्तीमा दस वर्ष टिकाउने र त्योबाट नै स्थायीत्वका लागि काम गर्नुपर्ने प्रस्ताव गरेका हुन।

नेकपा एकतामा प्रमुख भूमिका खेलेका नेता शर्मा अहिले नेकपा प्रचण्ड–माधव समूहका नेता समेत हुन । शर्मालेसबै क्षेत्र, जातजाति, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, महिला लगायतका विभिन्न समुदाय र क्षेत्रका मानिसहरुको सहभागितामा आन्दोलन भए पनि उपलब्धि भने केही सीमित राजनीतिक दलको हातमा परेको भन्दै नेता शर्माले सो प्रस्ताव गरेका हुन् ।

विगतका आन्दोलनबाट प्राप्त उपलब्धिको स्वामित्व राजनीतिक दलका केही नेताहरुले मात्र लिँदा अहिले संविधान विरोधी कदम व्यहोर्नु परेको उनले बताए ।
उनका अनुसार ‘ओलीको असंवैधानिक कदमले संविधान र राष्ट्रियता खतरामा छ । अव संयुक्त मोर्चा नै बनाएर संविधान र राष्ट्रियताको रक्षा गर्नुपर्ने बेला आएको छ ।

विगतका आन्दोलनमा बाहिरको ठूलो हिस्सा सहभागी भएपनि आन्दोलनपछिको स्वामित्व भने केही नेताहरुले मात्रै लिए । फलस्वरुप अहिलेको संविधानविरोधी कदम व्यहोर्नु परेको छ, उनलेे भने।’