राक्सिराङले लागु गर्‍यो स्थानीय पाठ्यक्रम र विभिन्न भाषामा अडियो बडापत्र

everest kitchen

सविन कु लोप्चन तामाङ

मकवानपुर । मकवानपुरको राक्सिराङ गााउँपालिकाको ९ औ गाउँसभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । सोमबार बागमति प्रदेशका प्रदेश सभा सदस्य ओम बहादुर ग्लानको प्रमुख आतिथ्यतामा एक समारोहका बीच गाउँ सभा सम्पन्न भएको हो ।

कार्यक्रमको सो अवसरमा राक्सिराङ गाँउपालिकाको कार्यालय चैनपुरमा अडियो वडा पत्र पनि सञ्चालनमा आएको घोषणा गरिएको छ । नेपाली , चेपाङ र तामाङ भाषा गरि ३ भाषाको अडियो बडा पत्रको उदघाटन समेत गरिएको हो । तामाङ र चेपाङ को बाहुल्य रहेको उक्त क्षेत्रको जनतालाई सहज होस भनेर गाँउपालिका तथा प्रत्येक वडाबाट प्रदान गरिने सेवा सुबिधाको बारेमा अडियो मार्फत जानकारी गराइने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए ।

भाषाको समस्या रहेका र मुल भाषा बुझ्न समस्या रहेकाहरुको लागि उक्त अडियो नागरिक बडापत्रले निकै सहज हुने गाँउपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

त्यसैगरि स्थानिय सामाग्री सामावेश गरी तयार पारिएकोे गाउँपालिकाले स्थानीय पाठ्यक्रम पनि विमोचन गरेको छ । राक्सिराङ गाँउशिक्षा समिति र अन्य सरोकार वालाहरुको सहकार्यमा निर्माण गरिएको पाठ्यक्रम गाँउसभा मार्फत सार्वजनिक गरिएको हो । आगामी शैक्षिक सत्र देखि लागु हुने गरी कक्षा १ देखि ५ कक्षा सम्मका लागि उक्त पाठ्यक्रम तयार गरिएको हो ।

त्यस्तै, कार्यक्रममा बिभिन्न प्राधिविक शिक्षा अध्यायन गरिरहेका राक्सिराङका जेहेन्दार विपन्न बिद्यार्थिहरुलाई छात्राबृति समेत वितरण गरिएको थियो । साथै सो अवसरमा स्थानिय स्तरमै ब्यवसायिक रुपमा कृषि क्षेत्रमा लागेका केही स्थानीय कृषकलाई सम्मान गरिएको थियो भने सुचना सम्प्रेषणमा भूमिका पुय्राएको भन्दै दुई जना पत्रकारलाई पनि नगद समित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति ग्लानले समग्र राक्सिराङको विकासको लागि सबैको सहकार्यको आवश्यक रहेको बताए । विकास निर्माणको कार्यमा दलगत भन्द पनि समग्र कामलाई मात्र ध्यानमा राखी काम गर्यो भने राक्सिराङको विकास छिट्टै नै हुने उनले विश्वास व्यक्त गरे ।

सभामा गाउपालिकाको ९ वटै वडाका अध्यक्ष तथा सदस्यहरु , नेकपा राक्सिराङ गाँउ कमिटिका अध्यक्ष हस्त बहादु मुक्तान जिल्ला सदस्य तथा राक्सिराङका ईच्चार्ज वनस्तम थिङ , नेपाली कांग्रेस राक्सिराङका सभापति बरेन्द्र जिम्बा लगायतको उपस्थिति रहेको थियो ।

गाउपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुख प्रसाशकिय अधिकृत युवराज आचार्यले सन्चालन गरेका थिए । सभाको बन्द सत्रमा विभिन्न ६ वटा प्रस्तावहरु पनि पारित गरिएको थियोे ।