प्रतिलिपि अधिकार उल्लंघनको आरोपमा बिन्दवासिनी म्युजिकी लिना शर्मा रेग्मी पक्राउ

everest kitchen

 

काठमाडौं । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् । केही कलाकारहरुले प्रतिलिपि अधिकार उल्लंघन गरेको उजुरी दिएपछि उनी पक्राउ परेकी हुन ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंकाो टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा उनीविरुद्ध जाहेरी दिएका थिए।