४४५ जनामा संक्रमण हुदा ४१४ जना निको भए

everest kitchen

 

काठमाडौं । नेपालमा बुधबार थप ४४५ जनामा कोरोना पुष्टि भएको छ । बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ४४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ३७ पुगेको छ ।

थप ४१४ संक्रमित निको हुँदा हालसम्म नेपालमा २ लाख ५९ हजार ७७२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार हाल चार हजार ४ सय ३४ जना आइशोलेशनमा छन् भने २३७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १९ लाख ९७ हजार ९ वटा पिसिआर गरिएको छ ।