सल्यानमा बसले ठक्कर दिदा मोटरसाइकल चालकको निधन

everest kitchen

 

दाङ । सल्यान बसले ठक्कर दिदा मोटरसाइकल चालकको निधन भएको छ । शारदा नगरपालिका–६, बरला बजार नजिकै ना ३ ख ९६४३ नम्बरको बसले रा ३ प ८७६७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक सेही ठाउँका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो ।

ढोरचौरबाट श्रीनगर आउँदै गरेको बसले श्रीनगरबाट बरलातर्फ जाँदै गरेको मोटरसाइललाई ठक्कर दिँदा भण्डारी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिए ।

तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । ठक्कर दिने बस र चालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।