रत्नपार्क–भद्रकाली सडकखण्डमा बस पल्टियो

everest kitchen

काठमाडौं । रत्नपार्क–भद्रकाली सडकखण्डमा एक यात्रुबाहक बस दुर्घटना भएको छ । बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस भद्रकाली नजिकैको आकासे पुलनेर बिहीबार बिहान ७ः५५ बजेतिर बस सडकमै पल्टिएको हो ।

दुर्घटनामा परी चालक र एक जना बच्चा गरी दुई जना घाइते भएको बताएको छ । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । बसमा तीन जना सवार रहेको बुझिएको छ ।

बस दुर्घटना बारे कारण खुलेको छैन । यद्यपि चालकले नियन्त्रण गुमाएर बस दुर्घटना भएको हुने सक्ने प्रहरीले जनाएको छ । व्यस्त सडकको बीचमा बस पल्टिएपछि सवारी आवागमनमा समस्या रहेको र बसलाई त्यहाँबाट हटाउने प्रयास भ‌ईरहेको छ ।