प्रेमिकालाई पत्र लेखेर मलेसियामा एक नेपाली युवाले देहत्याग गरे

everest kitchen

मलेसिया । मलेसियामा एक नेपाली युवाले देहत्याग गरेका छन् । अछामको साँफेबगर नगरपालिका -१० का कमल खडकाले प्रेमिकालाई पत्र लेखेर देहत्याग गरेका हुन ।

वैदेशिक रोजगारीको सिलसिलामा करिब ३ बर्ष पहिले मलेसिया पुगेका २५ वर्षीय कमल खड्काले शनिबार बिहान करिब ११ बजे देहत्याग गरेका हुन । मलेसियाको साहाआलम स्थित बिकम ईन्टरप्राईज कम्पनीमा कार्यरत खडकाले कल्पना नाम गरेकी प्रेमिकालाई पत्र लेखेर देहत्याग गरेको पाइएको उनीसँगै कार्यरत डीएस थापाले जानकारी दिए । उनका अनुसार मृतक खडकाले आफ्नो घरपरिवारमा रहेका आफन्तको नाम र नम्बर लेखर छोडेका छन् ।

मृतक कमलले लेखेको भनेर सार्वजनिक गरिएको पत्रमा उनले लेखेका छन् “कल्पना तिमीलाई मेरो अन्तिम पत्र, कल्पना तिमीसंग पुरा जिन्दगी कटाउने चाहाना छिनभरमै चक्नाचुर पारि दिए । किनकि यहीँ डेढ सालको साँचो मायामा तिमीलाई पुरा रहर पुगिसकेको छ। मैले माया गरेको मान्छे तिमी कसरी गलत हुन सक्छौ र, गलत त म नै हुँ, मैले तिमीलाई सजिलै विश्वास गरेँ ।” उनले थप जोड्दै लेखेका छन, ” मलाई छोडेकोमा चिन्ता भन्दा पनि तिमीले जस्का लागि मलाई छोडेउ उसले नै तिमीलाई नछाडिदियोस् …।

उनको शवलाई पोष्टपार्टमका लागि स्थानीय अस्पतालमा राखिएको र घटना बारे प्रहरीले जाँचबुझ गरिरहेको उनीसंगैका साथीहरूले बताएका छन् । यधपी उनी स्वयंले देहत्याग गरेका हुन वा के कति कारणले उनको मृत्यु भएको भन्ने बारे भने अझै पुष्टि गरिएको छैन ।

उनलेे लेेखेको भनिएको नोट :