आफूभन्दा धेरै कान्छी सुन्दरीसंग बिहे गर्दै मुख्यमन्त्री राई

everest kitchen

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कहिले विवाह गर्लान ? धेरैले चासो राख्ने विषय हो । सञ्चारमाध्यमले पनि उनीसँग लिने गरेका अन्तर्वार्तामा यो प्रश्न प्राय छुट्दैन थियो । अब केही दिनमै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् ।

उनको विवाहको लगन माघ ११ गते जुरेको छ ।
स्रोतका अनुसार मुख्यमन्त्री राईले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिहे गर्दैछन्। उमेरले ज्याङ्मु राईभन्दा धेरै कान्छी हुन् ।

मुख्यमन्त्री राईले पाँच दशक पार गरिसकेका छन् भने ज्याङ्मु तीस पनि पुगेकी छैनन् । ज्याङ्मु र मुख्यमन्त्री राई एक बर्षदेखि प्रेममा रहेको पनि स्रोतको दावी छ ।

प्रदेश एकको नाम र राजधानी न्वारान गरेरमात्र बिहे गर्ने बताउदै आएका रनईको आफ्नै दलका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेर राजनीतिक तनाव दिइरहेका बेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले व्यक्तिगत जीवनलाई नयाँ मोड दिएका छन् ।