महाकाली नदीमा थप तीनवटा पुल बनाउने भारतसँग सहमती भएको छ : मन्त्रीज्ञवाली

everest kitchen

 

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमण दुई देशिय सम्बन्धलाई मजवुद बनाउन नेपाल भारत सम्बन्तधका आर्थिक, राजनीतिक सांस्कृतिक लगाएतका पक्षमा केन्द्रीत रहेर छलफल भएको बताएका छन् ।

तीनदिने भारत भ्मण सेकर शनिबार नेपाल आएका मन्त्री ज्ञवालीले त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाल भारत सम्बन्तधका दुई देशिय सम्बन्धलाई मजवुद बनाउन तथा बिकास यात्रालाई सफल बनाउने बिषयमा भ्रमण केन्द्रीत रहेको बताएका हुन् ।

मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने सहमति भएको बताए । भैरहवामा एकीकृत चेकपोस्टको काम सुरु गर्ने र महाकालीमा निर्माणाधीन चार लेनको पुललाई भारतको राष्ट्रिय राजमार्गसँग जोड्ने, महाकाली नदीमा थप महाकालीमा तीनवटा पुल बनाउने सहमती भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

त्यस्तै उहाले अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको जानकारी पनि दिए । संयुक्त आयोगको बैठकमा ट्रान्मीसन लाईन, कृषि क्षेत्रमा थप सहकार्य गर्ने, पञ्चेश्वर परियोजनाको डिपिआर गर्ने लगाएतका बिषयमा सहमति भएको उनले बताए ।

नेपाल भारत संयुक्त आयोगको छैटौ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली बिहीबार भारत गएका थिए ।