ओलीले बालुवाटार छाड्ने बेलासम्म मुलुक ध्वस्त पार्न बेर छैन : माधव नेपाल

everest kitchen

 

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले मुलुक ध्वस्त पार्न बेर नभएको टिप्पणी गरेका छन् । बर्दियाको गुलरियामा आइतबार आयोजित बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले यस्तो विध्वंशकारी मान्छे पाएको छौं, केपी ओलीले बालुवाटार छाड्ने बेलासम्ममा मुलुक ध्वस्त पार्न बेर छैन ।’

साथै, उनले ओलीलाई तनाशाह भन्दै उनीबाट मुलुक जोगाउन अपील गरेका छन् । नेपालले भने, ‘पहिले राजा महेन्द्रबाट देश जोगाउ भन्ने गरेका थियौं, अहिले केपी ओली तानाशाहबाट मुलुक जोगाऔं ।’ ujyalonet