मलेसियामा निधन हुनेकाे संख्या ६ सय नाघ्याे, आज मात्रै ३ हजारबढी संक्रमित भेटिए

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६०१ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३३३९ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख ५८ हजार ४३४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज २६७६ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख २० हजार ५१ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल ३३ हजार ७८२ जनामा सक्रिय संक्रमण रहेको छ ।