आजका तीन मुक्तक : महेन्द्रमान बलामि

everest kitchen

महेन्द्रमान बलामि

मुक्तक
केश फुल्न थालेपछि चिलाउँछ टाउको
सिङमा किरा परेपछि हिलाउँछ टाउको
टाउको भन्ने चिजै त्यस्तो सधैँ बस्छ माथि।
आर्य घाटमा पुगेपछि बिलाउँछ टाउको।

मुक्तक
आजभोलि जुहारी छु सुनूँ सुनूँ लाग्ने।
दुबै कान हत्केलाले थुनूँ थुनूँ लाग्ने।
चुनाव छ बैशाखमा भन्ने पनि सुनेँ।
राष्ट्रभक्त अर्कै नेता चुनूँ चुनूँ लाग्ने।

मुक्तक
साँझ पर्छ हर दिन हेर पश्चिममा।
सिमानामा किल्ला गाडी घेर पश्चिममा।
आपसमा लड्न छोड एक बन फेरि।
मातृभूमि लुटिएर खेर पश्चिममा।
अस्तु: