प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला

everest kitchen

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहको प्रेस संगठन नेपालको दोस्रो भेला काठमाडौंमा सुरु भएको छ । भेला मंगलबार प्रज्ञा भवन कमलादीमा सुरु भएको हो ।

भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनका लागि अध्यक्षद्वयसहितका नेताहरु त्यहाँ पुगिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदम विरुद्ध सञ्चारकर्मीहरूले भृकुटीमण्डपबाट प्रज्ञा भवनसम्म विरोध र्‍याली गरेका थिए ।