प्रदेश १ को संसदमा बल प्रयोग गरेर प्रतिवाद गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय

everest kitchen

काठमाडौं । प्रदेश १ को नेकपाको दाहाल–नेपाल समूहका सांसदहरुको संसदीय दलको बैठकले ओली समूहका सांसदहरुले बल प्रयोग गरे प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बुधबारबाट शुरु हुने हिउँदे अधिवेशन अघि विराटनगरमा मंगलबार बसेको बैठकमा उनीहरुले ओली समूहका सासंदहरुले संसदमा मर्यादा विपरितका कामहरु गरे त्यसको प्रतिवाद गर्ने निर्णय भएको सांसद राजेन्द्र राईले जानकारी दिए ।

प्रदेशसभाका ९३ सदस्यमध्ये नेकपाका ६७ जना सांसद छन् । ६७ मध्ये दाहाल–नेपाल समूहको बैठकमा ३३ जना सहभागी भएका हुन् । उज्यलोनेत्वोर्क