हामी कालो होइन, रातो बेलुन उडाउनेहरु हौँ : ओली

everest kitchen

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु कालो बेलुन उडाउने नभई रातो बेलुन र झण्डा उडाउनेहरु भएको बताएका छन् ।
प्रेस संगठन नेपालको दोश्रो राष्ट्रिय भेलामा बोल्दै उनले पेरिसडाँडामा जस्तो कालो झण्डा र कालो बेलुन नभई आफूहरु रातो झण्डा र बेलुन उडाउने भएको बताएका हुन् ।

त्यस्तै,प्रधानमन्त्री ओलीले प्रचण्डलाई यहाँसम्म ल्याउने छोराछोरीको हालतबारे प्रश्न गरेका छन् । प्रेस संगठन नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले प्रचण्डले यहाँसम्म ल्याउने देशका छोराछोरीको भविष्यलाई छोडेर आफ्नै छोराछोरी र ज्वाईको बारेमा मात्रै सोचेको बताएका हुन् ।