‘ज्यान मुद्दा’बाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद प्रति ओलीको अपमान

everest kitchen

 

काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली घृणात्मक अभिव्यक्ति दिन अग्रसर देखिँदै आएका छन् । पत्रकारहरुलाई नर्क जान्छन् भनेको भोलिपल्ट आफैंलाई ज्यानमुद्दाबाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान गरेका छन् ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रधानमन्त्री ओलीले शुक्रबार एक सार्वजनिक कार्यक्रममा ‘बाजे’ भन्दै अपमान गरेका हुन् । उनलाई अदालतमा ‘तमासा देखाउन लगिएको’ समेत प्रधानमन्त्री ओलीले बताए ।

‘संसद पुनस्र्थापना गर्ने कुनै ठाउँ संविधानमा छैन । वकिलहरुले कुरा फिट्या फिट्यै छन् कोही वकिलहरुले,’ प्रधानमन्त्रीले भने, ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन । किन दुःख दिया हुन् बूढा मान्छेलाई ?…. लगेछन् ।’

विसं २०१४ सालमा अधिवक्ताको पहिलो लाइसेन्स लिने वरिष्ठ अधिवक्ता तिनै हुन जसले ओलीलाई ज्यान मुद्दाबाट बचाएका थिए । उनले काठमाडौं र झापामा मात्र होइन, धनकुटामा समेत ओलीको पक्षमा मुद्दा लडेका थिए । केपी ओली त्यसबेला झापामा व्यक्ति हत्या गरेको अभियोगमा जेल परेका थिए ।