मलेसियामा निधन भएका १८ जना नेपालीको शब् नेपाल ल्याइयो

everest kitchen

काठमाडौं। वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगी विभिन्न कारणले निधन भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न स्थान र समयमा निधन भएका भएका १८ जना नेपालीको शव नेपाल एयरलाइन्स मार्फत शनिबार नेपाल ल्याएको हो।

मलेसियास्थित दूतावासले मलेसियाको आग्रहमा १८ नेपालीको शव ल्याएको बताएको छ। दुताबासले यसअघि निगमलाई शब् ल्याउन आग्रह गर्दै आएको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो ।

एयरलाइन्सले सामाजिक उत्तरदायित्वअनुसार सो शव ल्याउने निर्णय गरेको थियो भने त्यसका लागि शुक्रबार एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको थियो । निगमको जहाजमा ल्याइएको शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

दुताबासका अनुसार गत वर्ष २०२० मा मलेसियामा विभिन्न कारणले २७५ जनाले ज्यान गुमाएका थिए।