ओलीले पूर्व जनमुक्ति सेनालाई बालुवाटारमा बोलाएर भने, “तपाईंहरुको बलिदान प्रति सम्मान छ”

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा केही पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा जनमुक्ति सेनाले गरेको याेगदान, त्याग, बलिदान र क्रान्तिकाे सपनाप्रति सम्मान जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

आज बालुवाटारमा आयाेजित भेटघाटका क्रममा सम्बाेधन गर्दै “जनयुद्धको अवधिमा तपाईंहरूकाे याेगदान, त्याग, बलिदान र क्रान्तिकाे सपनाप्रति सम्मान छ । नेतृत्वले तपाहरूका भावनाकाे दुरूपयाेग ग-याे । याे तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयाे, याे एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहाेस, हामी राजनीतिक रूपमा समस्याकाे वास्तविक समाधान गर्छाैं । नेतृत्वबाट विगतमा जस्ताे धाेका पाउनुहुने छैन ।”

भेटघाटमा कार्यक्रममा ओली पक्षमा लागेका केही पूर्व जनमुक्ति सेनामा समेत रहेका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।