एक गजल : डा. भरत बशिस्ठ

everest kitchen

 डा. भरत बशिस्ठ

सारा रात अनिदै बस्छ तिम्रो सम्झनामा
उदाइदिन्छन् सयौँ जून तिम्रो कल्पनामा

यादहरूले पौडी खेल्छन् मुटु मुुटु बोल्छन्
सँगीसित बितेका पल आउँछन् तर्कनामा

सुसाउँछन् सल्लेरी भई आशा जिन्दगीका
चित्रहरू पाउलिएर झन् फुल्छन् चाहनामा

छिनमा बन्छौ गीत तिमी छिनमा मीठो धुन
मोती बन्छौ ज्योति दिन्छौ मेरो सिर्जनामा