मुख्यमन्त्री राईको दुलही बनिन मिस मंगोल ज्याङमु

everest kitchen

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । मिस मंगोल–२०१८ ज्याङमु शेर्पासँग उनले आइतबार विवाह गरेका हुन् ।

उनको विवाहमा रास्ट्रपति बिध्या देवी भण्डारी, मन्त्रि भानुभक्त ढकाल विवाहमा पुगेका थिए। परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ। बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएको देखिन्थ्यो ।

संखुवासभा पुर्ख्यौली घर भएकी ज्याङमु काठमाडौंमा बस्दै आएकी थिइन् । उनि मिस मंगोल बिजेता तथा मोडेल पनि हुन्।

मुख्यमन्त्री राईले काठमाडौँको एक पार्टी प्यालेसमा सानो जमघटका बीच विवाह समारोह सम्पन्न गरेका हुन् ।