आज मलेसियामा निकाे हुने ४ हजार ४२७ जना नयाँ बिरामी ३ हजार ३४६ जना

everest kitchen

 

ऐजेन्सी । शनिबार मलेसियामा आजसम्मकै सबैभन्दा बढि संक्रमित निकाे भएका छन् । आज ४ हजार ४२७ जना संक्रमण मुक्त भएका हुन ।

आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६७८ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३ हजार ३४६ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख ८३ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ४ हजार ४२७ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख ४१ हजार ४४६ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल ४१ हजार ६६७ जनामा सक्रिय संक्रमण रहेको छ ।