कलैया सिटि जेसिस वर्ष २०२१ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

everest kitchen

बारा । कलैया सिटि जेसिस वर्ष २०२१ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। बाराको कलैयामा सम्पन्न कार्यक्रमबाट
विभिन्न व्यक्तिलाई पदस्थापन तथा पुरस्कार वितरण गरियको थियो।

वर्ष २०२० का अध्यक्ष जेसि विपिन चौधरीले कार्यक्रममा कलैया सिटि जेसिस वर्ष २०२१ का अध्यक्ष जेसि शम्भु गुप्तालाई चेन हस्तान्तरण गर्दै पदस्थापन गरेका थिए । त्यस्तै, कार्यकारी उपाध्यक्ष जेसि टंकेश महतो, जेसि बिजय गिरी, महासिचव जेसि पवन कुश्वाहा, कानुनी सल्लाहकार जेसि साबित्री शर्मा, कोषाध्यक्ष जेसि सुबास जयसवाल, उपाध्यक्ष जेसि राहुल सर्राफ, जेसि श्याम केशरी, जेसि सन्दिप साह, जेसि श्रवण प्रसाद साह, मिडिया संयोजक जेसि मानिकचन साह, तालिम संयोजक जेसि सदाम अंसारी लगायतलाइ समितिमा चयन गरीएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव, विशिष्ठ अतिथि नेपाल जेसिसका क्षेत्र ‘ख’ का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि विमल ग्यवाली, मातृशाखा वीरगंज जेसिसका शाखा अध्यक्ष जेसि रन्जन राउत, अतिथि बारा उधोग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, कलैया विभिन्न वडाका वडा अध्यक्षहरु, नेकपाका युवा नेता डा. सुशिल साह, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, जसपाका युवा नेता जय प्रकाश साह, कलैया सिटि जेसिसका पूर्व अध्यक्षहरु लगायतको उपस्थीति रहेको थियो ।

साथै कार्यक्रमको अवसरमा संस्थामा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गरियको बताएको छ।