नागरिक समाजमाथिको प्रहरी दमनको नेकपा प्रचण्ड-माधव समुहको भत्र्सना

everest kitchen

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमाथि भएको प्रहरी दमनको भत्र्सना गरेको छ ।

नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रहरी दमनको भत्र्सना गरेका हुन् ।

बालुवाटार मार्च गर्ने नागरिक अगुवा र अधिकारकर्मीमाथि प्रहरीले लाठी र पानीको पोहोरा हानेको थियो । त्यसबाट सरकार निरंशक चरित्र उदांगो भएको प्रचण्ड-नेपाल समूहले जनाएको छ । उसले नागरिक आन्दोलनप्रति सम्मान पनि प्रकट गरेको छ । भिडियोमा हेर्नुहोस््: