एक हजार ९७४ नेपालीका राहदानी नेपाली दुतावास मलेसियामा थन्किए

everest kitchen

काठमाडौं । एक हजार ९७४ जना नेपालीको राहदानी नेपाली राजदुतावास मलेसियामा थन्किएका छन् । सन २०१३ देखि २०१८सम्ममा बनेका तर हालसम्म पनि सम्बन्धित व्यक्ति लिन नआएको भन्दै दुतावासले मंगलबार विवरण सार्वजनिक गरेको हो ।

हालसम्म राहदानी नलिएका १ हजार ९७४ जनाको विवरण सार्वजनिक गर्दै नेपाली राजदुतावास मलेसियाले ३ महिना भित्र बुझि लिन भनेको छ । दुतावासले एक सुचना जारी गर्दै भनेको छ, ” नयाँ राहदानी लिन आउने वा आफुसंग राहदानी नभई घर फर्कन ट्राभल डकुमेन्ट लिन आउनेहरुले आफ्नो पुरानो राहदानी दुतावासमा छ की छैन यकिन गरेर मात्र नयाँ राहदानी र ट्राभल डकुमेन्ट लिन आउनु होला,” सुचनामा भनिएको छ ।

सन् २०१३ देखि २०१८ सम्म बनी हालसम्म राजदूतावासमा रहेका १९७४ राहदानीहरुको विवरण हेर्न  https://bit.ly/3pibfnS  वा दुुुुुुतावासको वेभसाइटमा जानुपर्ने छ ।