संसारभर कोरोना बिरामि संख्या १० करोड नाघ्यो, २१ लाख भन्दा बढिको मृत्यु भईसक्यो

everest kitchen

आज माघ १३ गते २०७७ अर्थात २६ जनवरी २०२१ मंगलबारको दिनसम्म संसारभर कोरोना बिरामिको संख्या १० करोड नाघेको छ भने आजकै मितिसम्म मृत्यु हुनेको संख्या २१ लाख ५० हजार भन्दा बढि पुगेको छ । त्यसैगरि कोरोना जित्नेहरुको संख्या ७ करोड भन्दा बढि पुगेको छ ।
कोरोना महामारी सम्बन्धि दैनिक अपडेट गर्ने वर्ल्डओमीटरका अनुसार हाल दैनिक ६–७ लाख दैनिक नया बिरामि भेटिने गरेका छन् भने ४–५ लाख दैनिक निको हुने गरेका छन् । मृत्यू हुनेको संख्या भने दैनिक ६–७ हजार रहेको छ ।
हालसम्म संसारभर सबै भन्दा बढि बिरामि भेटिने देशमा अमेरिका २ करोड ५० लाख भन्दा बढि बिरामि छन भने दोश्रो नम्बर भारतमा १ करोड भन्दा बढि बिरामि भेटिएका छन् । त्यसैगरि तेश्रोमा ८८ लाख भन्दा बढि बिरामि संख्या सहित ब्राजिल छ भने ३७ लाख भन्दा बढि बिरामि सहित रसिया चौथो नम्बरमा छ ।
हालसम्म सबैभन्दा बढि बिरामि मृत्यु हुने देशमा अमेरिका ४,३१३९२ सहित पहिलो नम्बरमा छ भने दोश्रो नम्बरमा २१७७१२ सहित ब्राजिल दोश्रो नम्बरमा छ । त्यसैगरि १५३६२४ सहित भारतमा तेश्रो धेरै संख्यामा बिरामिको मृत्यु भएको छ ।
झन्डै २ लाख ७० हजार बिरामि संख्या सहित नेपाल बिरामि संख्याको आधारमा विश्वमा ४४ औं नम्बरमा रहेको छ भने १ लाख ८६ हजार भन्दा बढि बिरामि संख्या सहित मलेसिया ५८ औं स्थानमा रहेको छ ।