प्रेम सुनारका मुक्तकहरु

everest kitchen

प्रेेम सुुुुनार

मुक्तक१
सम्झना नाम तिम्रो थर मेरो
अटुट तिम्रो विश्वास भर मेरो
आउ बनाउ हामीले मिलेर सानू
एउटा सुन्दर प्रेमको घर मेरो

मुक्तक२
कर्मै मा लेखिएको भाग्य देखिदैन हजुर
मेटाएर कहिले पनि यहाँ मेटिदैन हजुर
एकपलको जिन्दगी हो हाँसेर जिउनु पर्छ
तिमी धनिको घरमा पाईला टेकिँदैन हजुर

मुक्तक३
सानो कुरा आबेकमा आएर भाइ हानाहान यहाँ
एक अर्काको समातेर कठालो तानातान यहाँ
अरुको कुरा सुन्ने बुद्धि आफ्नो लिनु पर्छ बुझ
काका भएर भनेको मैले मान या त नमान यहाँ

मुक्तक४
मलाई अमृत भन्दै विष पिलाएर जान्छन्
आफन्त आएर बाहाना बनाएर जान्छन्
साहित्य का परि भाषा धेरै हुन्छन् यहाँ
कसैले यसो उसो भनी सिकाएर जान्छन्

मुक्तक५
अब बुन्नु छ माया प्रेमको जाल प्रिय
झरी परे पछी ओत लाग्ने त्रीपाल प्रिय
सोझो कुरा गर्दा मानिनौँ तिमीले पनी
म लिन आउदैछु बनेर माहाकाल प्रिय
प्रेम सुनार दैलेख, हाल भारत