बझाङ्ग घटनाका दोषीलाई कारवाहीको माग

everest kitchen
मृतक अमृतबहादुर सिंह

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी ज्यान लिएको घटनाप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।

छविसपाथिभेरा—३ स्थित वान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्कने क्रममा मङगलबार साँझ उहाँलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविस पाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी ज्यान लिएको कांग्रेसले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद पछि घटाना घटेको प्रहरीले जनाएको छ ।

बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा नेपाली कांग्रेस निकट प्यानलले जितेपछि रुष्ट रहेका केहि आपराधिक प्रवृतीका व्यक्तिहरुले नेपाल तरुण दलको छबिस पाथिभरा गाउँपालिका सदस्य सिंहलाई खुडा प्रहार गरिज्यान लिएको गरेको तरुण दलले बताएको छ।