जनकपुर यातायात कार्यालयको सोफामा भेटियो लाखौं नगद

everest kitchen


जनकपुरधाम । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फेला पारेको छ ।

अख्‍तियारले कार्यालय सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लिएको र बिचौलिया भगतको साथबाट ५० हजार बरामद गर्‍योको अख्तियारले जनाएको छ ।

लाइसेन्स वितरणमा घुस लेनदेन भएको सूचना पाएपछि आएको अख्तियारको टोलीले मंगलबार झण्डै ६ घण्टासम्म कार्यालय छापा मारेको थियो ।

छापा मार्ने क्रममा सोफाको कुनामा र अन्य फर्निचरमा प्लाष्टिकमा बेरेर लुकाएर राखिएको अवस्थामा २ लाख २३ हजार ८ सय रुपैयाँ बरामद भएको छ । उक्त रकम बाँडफाँटका लागि राखिएको हुनसक्ने अनुमान छ ।