अग्निपीडितलाई राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँमा

everest kitchen

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी आज अग्निपीडितलाई राहत लिएर घटनास्थल तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा पुगेका छन ।

मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाया र दीनबन्धु श्रेष्ठ, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र सोही गाउँका अगुवा मोतिलाल बोहोरा पनि घटनास्थलमा आज बिहान ७ः५५ बजे पुगेका छन् । मङ्गलबार साँझ ५ः३० बजे भएको आगलागीबाट विस्थापित पीडितका लागि तत्काल हेलिकप्टरबाट आवश्यक राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँ पुगेका हुन ।

मन्त्री भण्डारीले ओढ्ने ओछ्याउने न्यानो कम्बल र कपडा, पाल, भाँडाकुडा, खाद्य वस्तुका लागि दाल चामल, नुन तेललगायतका सामग्री लिएर गएको बताएको छ ।

आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेर नष्ट भएका छन् । उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।